चीनले नेपालका लागि ८ लाख डोज कोभिड १९ विरुद्धको खोप प्रदान

चैत्र १९, काठमाडौं- छिमेकी मित्र राष्ट्र चीनले नेपालका लागि आठ लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदान स्वरुप  प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित विशेष कार्यक्रममा नेपालका लागि चिनका राजदुत हउयान्छीले उक्त खोप सम्बन्धी दस्तावेज नेपाल सरकारलाई हस्तान्तरण गरेकी छिन् ।

हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चिनबीचको मैत्री सम्बन्ध थप सृदृढ बनाउन खोप हस्तान्तरण कार्यले थप योगदान गरेको बताए ।

चिनले आफ्नै देशमा खोपको विकास गरी मानव जीवन रक्षाका लागि काम गरेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल सरकार पनि महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक महत्व दिँदै ‘जीवनपहिलो’को नीतिमा अघि बढेको समेत बताउनुभयो ।

हाम्रा दुवै छिमेकीबाट खोपको सहयोग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले खरिदका लागि समेत सरकारले तयारी गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया