पार्टी एकता खारेज गर्ने फैशला बिरुद्द पुनरावलोकन निवेदनमा सर्वोच्चले अनुमति दिएन

चैत्र १९, काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत्र १७ गते दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतबाट पुनरावलोकन गर्न अनुमति नदिने भएको छ ।

फागुनमा २३ गते ऋषि कट्टेलको मुद्दामा फैसला गर्दै सर्वोच्चअदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने गरेको फैशलामा बिरुद्द परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहितको बेन्चले पुनरावलोकन अनुमति नदिने निर्णय भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको पूर्ण इजलासले प्रचण्डको निवेदनमा पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया