कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ७ पुग्यो

काठमाण्डौ, नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ जसमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा मृत्यु हुनेमा काठमाण्डौमा ५१ बर्षिया एक महिला, भक्तपुरमा ६२ बर्षिया एक महिला, पाल्पामा ३० बर्षिया एक महिला, पर्सामा ४८ र ४९ बर्षीय २ पुरुष,  सिरहामा ८४ बर्षीय  एक पुरुष , गोरखामा ३८ बर्षिया एक पुरुष, काठमाडौँमा ८३ बर्षिया पुरुष, ललितपुरमा ७२ र ६१ बर्षिया  दुई पुरुष, भक्तपुरमा ८२ बर्षिया एक पुरुष र कास्कीमा ५८ बर्षिया एक पुरुष   रहेका छन् |

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ

Published On:  155पटक हेरिएको

तपाईको प्रतिक्रिया