मंगलबार काठमाडौँ उपत्यकामा २ सय ३२ सहित ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी

काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ सय ५५ जना कोरोना संक्रमित पुष्टी भएको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न  प्रयोगशालामा ११ हजार ३ सय २७ जनामा गरिएको नमुना पिसिआर परिक्षणबाट ८ सय ५५ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र १९९,  ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित भेटिएका छन् । त्यस्तै  आज थप ७ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ |

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ३३ हजार ५ सय ३३ जना पुगेको छ भने कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ |

गएको २४ घण्टामा निको भएर घर फर्किनेको संख्या ३१३ रहेको छ | सोमबार सम्म १९ हजार १  सय १९ जना निको भएर घर फर्किएका छन्  |

तपाईको प्रतिक्रिया