भारतसँगका सीमा नाकामा थप कडाइ गरिने


काठमाडौं– कोरोना सक्रमणको जोखिम बढ्दै गएपछि सरकारले भारतसँगका नाकामा थप कडाइ गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकमा लकडाउनलाई कडाई गर्दै सीमामा सुरक्षाकर्मी परिचालन गरेरै भएपनि आवात जावत हुन नदिने बारे छलफल भएको हो ।

भारतमा कोरोना भाइरस संक्रमण अवस्था दिनप्रतिदिन फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने मनस्थितिमा सरकार पुगेको हो ।

तपाईको प्रतिक्रिया