काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ गते शुक्रबारबाट लागु भएको मुलुकी संहितामा केही कमी कमजोरी भएमा संशोधन गर्न सकिने बताउनुभएको छ ।
शुक्रबार नयाँ मुलुकी ऐन लागू गरेको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाा मुलुकी ऐनको कार्यान्वयन सहज ढंगले अघि बढ्ने र त्यसमा व्यवहारको क्रममा कमी कमजोरी भेटिए परिमार्जन गर्न सकिने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपाललाई अझै व्यवस्थित, अनुशासित, सुसंगत र सुसम्बन्धका साथ अघि बढाउन नयाँ मुलुकी ऐन लागू गरिएको स्पष्ट पार्नुभयो ।
ओलीले कतिपयले यो संहिता वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको समेत धारणा राख्नुभयो ।