पिर्जा वल्र्डको पहिलो शाखा ललितपुरको कुमारीपाटीमा

काठमाडौं– पिजा वल्र्ड नेपालले आफ्नो पहिलो शाखा ललितपुरको कुमारीपार्टीमा विस्तार गरेको छ । काठमाडौं बौद्धको सफलतापछि पिजा वल्र्डले ललितपुरको कुमारीपार्टीमा शाखा विस्तार गरेको हो । ललितपुर शाखाको शुक्रबार नायिका केकी अधिकारीले उद्घाटन गर्नुभएको हो ।

पिजाका पारखीहरूको मागलाई ध्यानमा राख्दै पिजाको पहिलो शाखा ललितपुरमा विस्तार गरिएको पिजा वल्र्डका व्यवस्थापकले जानकारी दिनुभयो । बर्षौदेखि पिजा रेष्टुरेन्टमा काम गरेका दक्ष युवाहरूबाट सञ्चालित यो पिजा वल्र्ड नेपालकै सस्तो पिजा रेष्टुरेन्ट पनि हो । निन्न, मध्यम र सबै खाले बर्गलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको यो पिजा वल्र्ड सस्तो मात्र छैन उतिकै गुणस्तरीय पनि रहेको सञ्चालकहरूको दाबि छ ।

तपाईको प्रतिक्रिया