गोपाल पराजुली कामु प्रधानन्यायाधीश

काठमाडौं–कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले पदभार ग्रहण गर्नुभएको छ । प्रधानन्यायाधीश शुसिला कार्की विरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएपछि बरिष्ठ न्यायाधीशको रूपमा रहेका पराजुलीले आज साँझ कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवार सम्हाल्नुभएको हो ।

पदभार ग्रहण गर्दै कायम मुकायम प्रधानन्यायाधीश पराजुलीले निष्पक्ष र स्वतन्त्र ढङ्गले न्याय सम्पादन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आफूले कार्य सम्पादन गर्दा अदालतको गरिमा घट्न नदिने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया