सबैलाई चुनावमा सहभागी ओलीको आग्रह

काठमाडौं–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गर्नु भएको छ । अध्यक्ष ओलीले लोकतान्त्रिक विधि मान्ने राजनीतिक दलहरुले निर्वाचनमा अत्तो थाप्न नहुने पनि स्पष्ट बताउनुभयो । बैंककमा स्वास्थ्य उपचार गराई आज स्वदेश फर्कनु भएका अध्यक्ष ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसाग कुरा गर्दै निर्वाचनलाई सबै राजनीतिक दलहरुले आफना नीति, व्यवहार र काम जनताबाट परिक्षण गर्ने अवसरको रुपमा लिनुपर्ने पनि उल्लेख गर्नु भयो ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरुले भाग लिने विश्वास पनि व्यक्त गर्नु भयो । उहााले निर्वाचन तोकिएकै मितिमा हुनेमा शंका गरिरहन नपर्ने पनि बताउनुभयो । अध्यक्ष ओलीले २ दिन भित्र पार्टीले स्थानीय तहको घोषणा पत्र जारी गर्ने जानकारी पनि दिनुभयो । आफू नभएपनि पार्टीले घोषणा पत्र तयार पारेको र त्यसलाई आफूले एकसरो हेरेपछि सार्वजनिक हुने बताउनु भएको हो ।

तपाईको प्रतिक्रिया