आन्दोलनरत मधेशी दलले पनि स्थानीय चुनावमा भाग लिन पाउने

काठमाडौं–आन्दोलनरत मधेश केन्द्रित दलहरुले पनि निर्वाचनमा भाग लिन पाउने भएका छन । निर्वाचन आयोगले जिल्लामा दलीय हैसियत भएका दलहरुलाई पनि स्थानीय निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरि दिएको हो । जिल्लामा दलको हैसियतमा रहेका दलहरुलाई निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनु भयो ।

निर्वाचन आयोगले केन्द्रमा दल दर्ता गर्न छुट भएका राजनीतिक दलहरुलाई पनि निर्वाचनमा भाग लिने पाउने व्यवस्था गरेपछि आन्दोलनरत मधेश केन्द्रित दलहरु पनि समेटिने भएका हुन । ८१ वटा दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराएका छन । निर्वाचन आयोगले निर्वाचनमा सबै दललाई भाग लिने वातावरण निर्माण गर्न सरकारसाग पनि आग्रह गर्दै आएको छ । निर्वाचन आयोगले पछिल्लो समयमा सार्वजनिक गरिएको सूचनामा २९ वटा दललाई राष्ट्रिय दलको मान्यता दिइएको छ ।

तपाईको प्रतिक्रिया