भारत सकारले माफी माग्नुपर्छ : एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले कंचनपुर गोलीकाण्डमा भारत सरकारलाई माफी माग्न लगाउनुपर्ने बताउनुभएको छ । एमालेको मेची–काली राष्ट्रिय अभियान अन्तर्गत चितवनमा भएको सभामा अध्यक्ष ओलीले सिमानामा बसेर दादागिरी नदेखाउन भारतरलाई चेतावनी दिनुभयो । सरकारले तत्काल भारत सरकारसँग केन्द्रिय तहमै कुरा गरेर गोलीकाण्डमा माफी माग्न लगाउनुपर्ने उहाँले बताउनुभयो ।

नेपाली सिमानाभित्र आएर भारतीय शसस्त्र बलले गोली चलाएर नेपालीको हत्या गर्दा पनि सरकार लाचार भएको ओलीले बताउनुभयो । सभामा एमाले बरिष्ठ नेता माधबकुमार नेपालले एमाले देशभक्त पार्टी भएकाले राष्ट्रबिरोधीहरु पार्टी विरुद्ध एक भएको बताउनुभयो । सप्तरीमा एमाले नेतृत्वलाई एकै चिहान बनाउने प्रयास भएपनि आफूहरु संयमित भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया