संविधान शंसोधन थाती राखेर भएपनि चुनाव घोषणा गर्न कांग्रेस नेताको सरकारलाई सुझाव

पुस १०– काठमाडौं । नेपाली कांग्रेसका नेताहरू संविधान शंसोधन प्रस्ताव थाती राखेर भएपनि स्थानीय तहको चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतवार विहान बसेको पदाधिकारी बैठकमा नेताहरूले यस्तो सुझाव दिएका हुन् ।

पदाधिकारी बैठकमा स्थानीय तह वा निकाय जुनसुकै भए पनि चैतमा चुनाव हुनुपर्ने निर्णय भएको छ । बैठकपछि ुसञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधान संशोधन बिधेयक थाति राखेर भए पनि चुनाव घोषणा गर्न अधिकांश पदाधिकारीले सुझाव दिएको जानकारी दिनसभयो ।

तपाईको प्रतिक्रिया