अब छिट्टै लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल घोषणा गरिन्छ : उर्जा मन्त्री शर्मा

मंसिर– काठमाडौं । उर्जा मन्त्री जनार्दन शर्माले अब देशभर विद्युतीकरणको विकास गरी उज्यालो नेपाल घोषणा गरिने बताउनुभएको छ । आज सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपाल सिन्धुली शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले उर्जा मन्त्रालय उज्यालो नेपाल घोषणा गर्ने गृहकार्यमा लागि सकेको बताउनुभयो । मन्त्री शर्माले अहिले भइरहेको विद्युतलाई कटौती नगरी विद्युत थप र विस्तार गरी उज्यालो नेपाल घोषणा गरिने दाबी गर्नुभयो ।

कार्यक्रममा मन्त्री शर्माले अहिले भइरहेको विद्युतबाट जनताले लोडसेडिंगको अन्त्य भएको महशुस गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले कार्ययोजना बनाएर काम गरे नेपाललाई छिट्टै लोडसेडिङ अन्त्य गर्न सकिने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया