भारतीय बाँधका कारण धान खेत डुवानमा

कपिलबस्तु–कार्तिक । सीमा क्षेत्रको भारतीय बाधका कारण झण्डै १ हजार हेक्टरमा लगाइएको धान बाली डुवानमा परेको छ । भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाँधको फाटक बन्द गर्दा धान खेत डुवानमा परेको हो ।

डुवानका कारण नेपालको ९ सय ४० हेक्टरमा लगाइएको धान बाली डुवानमा परेको हो । गत असोजमा आएको वर्षापछि भारतीय पक्षले निर्माण गरेको बझाहा, महलीसागर, सिसवा र मझौलीमा रहेको बाधको फाटक नखोलेपछि दक्षिणी एक दर्जन गाविसको काटने अवस्था रहेको धानबाली लगाइएको भूभाग डुवानमा परेको छ । सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको छ ।

तपाईको प्रतिक्रिया