सुरक्षा निकायलाई इन्धनको व्यापार गर्न दिने निर्णय

काठमाडौं–असोज १९ । सुरक्षा निकायलाई सरकारले व्यापारमा लगाउने तयारी गरेको छ । उपत्यका लगायत मुलुकका केही सहरमा पेट्रोल पम्प चलाउँदै आएका सुरक्षा निकायलाई आपूर्ति मन्त्रालयले देशभर पम्प चलाउन दिने निर्णय गरेको हो ।

इन्धनको मात्र कारोबार गर्न स्थापित नेपाल आयल निगमलाई मजबुत बनाएर पेट्रोलियम पदार्थको आयात र वितरण व्यवस्था चुस्त बनाउनुपर्नेमा आपूर्ति मन्त्री दीपक बोहोराले सुरक्षा निकायलाई डिजेल र पेट्रोल पम्प चलाउन दिने निर्णय गरेका हुन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारीसमेत सम्मिलित बैठकले देशभर पेट्रोल पम्प सञ्चालन गर्न दिने निर्णयसँगै पम्प सञ्चालन गर्ने प्रस्ताव पेस गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया