पोखरा उद्योग बाणिज्य संघको चुनावको रौनक शुरू, अध्यक्षमा देव क्षेत्रीको सम्भावना बलियो

पोखरा–भदौ २२ । पोखरा उद्योग बाणिज्य संघको आगामी असोज ३१ बाट सुरु हुने चुनावका लागि अध्यक्ष पदमा ६ जनाले उमेदवारी दर्ता गराएका छन । अध्यक्ष पदमा हालका प्रथम उपाध्यक्ष देब क्षेत्री, कार्यसमिति सदस्यहरु नारायण कोईराला, बिश्वशंकर पालिखे, हिरा भट्टराई, ईश्वर कर्माचार्य र पुर्व कार्यसमिति सदस्य धनिराम बरालले उमेदवारी घोषणा गरेका हुन ।

उमेद्वारी घोषणासंगै प्रतयासीहरुले प्रचार प्रसारलाई समेत तीव्रता दिएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्ष पदका लागि मिनराज काफ्ले र रबिन्द्रबहादुर प्रजुले उमेद्वारी दिएका छन् । उद्योगतर्फको उपाध्यक्षमा सिता गुरुङ र Pokhara Udyogगोकर्ण कार्की प्रतिस्प्रधामा उत्रिएका छन भने बाणिज्यतर्फको उपाध्यक्षमा बिन्दु कोईराला सुबेदी र केदार भट्टराइले उम्मेद्वारी दिएका छन् । महासचिव पदका लागि दामु अधिकारी र लक्ष्मी पाण्डेको उम्मेद्वारी परेको छ ।

अध्यक्षसहित पदाधिकारी ७, खुल्ला सदस्य १०, कर्पोरेटतर्फ २ र उद्योग १ गरी २४ सदस्यमा निर्वाचन हुनेछ । चुनावी मोहोल र यसअघिको चुनावी परिणामलाई हेर्दा देव क्षेत्रीको प्यानल अन्य प्यानल भन्दा बलियो देखिन्छ । कतिपयले देव चुवान हुनुअघि नै वर्तमान प्रथम उपाध्यक्ष देव क्षेत्रिलाई अगामि अध्यक्ष र नेतृत्व रूपमा हेरिसकेका छन् ।

तपाईको प्रतिक्रिया