बजेट खर्च हुन नसक्नु अर्थतन्त्रको चुनौती मन्त्री महरा

काठमाडौं–भदौ १५ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेट खर्च हुन नसक्नु अर्थतन्त्रको ठूलो चुनौती भएको बताउनुभएको छ ।

DPM Krishna Bahadur Mahara returns from Chinaमन्त्री महराले सरकारसँग पैसा प्रशस्त भएर पनि खर्च हुन नसकेको भन्दै आफ्नो कार्यकालमा खर्चदर र विकास बढाउने बताउनुभएको छ । उहाँले बजेटको आकार र रकम मात्रै बढेर आर्थिक सुधार हुन नसक्ने तर्फ संकेत गर्दै बजेट कार्यान्वयमा ध्यान केन्द्रित गर्ने बताउनुभयो । अर्थमन्त्री महराले संसदमा विचाराधीन बजेट आश्रित विधेयक छिट्टै पारित हुँने दाबी गर्दै अघिल्लो सरकारले ल्याएका कार्यक्रममा एमालेसँगकै सहमतिमा केही नयाँ कार्यक्रम थप हुने बताउनुभयो ।

सहमतिका आधारमा नयाँ कार्यक्रमहरु थप गर्ने बारे एमाले र कांग्रेससँग छलफल भइरहेको दाबी अर्थमन्त्री महराको थियो ।

तपाईको प्रतिक्रिया