भैरहवाका अधिकांश मासु पसल मापदण्डविपरीत

रुपन्देही–भदौ ११ । रूपन्देहीको भैरहवा बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् ।

masu-pasalजिल्ला अनुगमन समितिको अगुवाइमा भएको अनुगमनाका क्रममा मासु पसल दर्ता नगरेको, मासुको गुणस्तर राम्रो नभएको, मूल्यमा एकरुपता नभएको, फोहोर तथा चरम लापरबाही गरेको पाइएको हो । अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले भैरहवा क्षेत्रका १ सय ३० वटा मासु पसलमध्ये ६२ वटा लाइसेन्स नै नलिइ सञ्चालनमा पाइएको बताउनुभयो । पसलहरूलाई एकसाता भित्र मापदण्डमा नआए कारबाही गर्ने चेतावनी सहित छाडिएको उहाँले बताउनुभयो ।

उपभोक्ता स्वास्थ्य बारे चनाखो भई ब्यापार व्यवसाय गर्न सचेत गराइएका व्यवसायीहरु  कमजोरी सुधार्न तयार देखिएका कारण केहि समय कारबाही नगरिएको अनुगमन अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया