पुल नबन्दा स्थानीय बासिन्दालाई सास्ती

जाजरकोट–भदौ ६ । जाजरकोट सदरमुकाम नजिकैको खोलामा पुल नबन्दा स्थानीय बासिन्दालाई सास्ती भएको छ । भेरीमालिका नगरपालिकाका दार खोला, झ्याली खेतखोला र कोटखोलामा पुल नहुँदा स्थानीयलाई सास्ती भएको हो । पुल नहुँदा वर्षातमा विद्यार्थीहरू विद्यालय जानबाट समेत वञ्चित हुने गरेका छन् । पुल अभावमा त्रिभुवन उच्च माध्यमिक विद्यालय खलंगा, त्रिभुवन निम्न माध्यमिक विद्यालय रिसाङ र  विष्णु प्राथमिक दारनेटाका विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका हुन् ।

यस्तै रिसाङ, दार, बाहुनथाना, पोखरा नेटा लगायतका स्थानीयलाई सरकारी सेवाका लागि सदरमुकाम खलंगातर्फ आवतजावत गर्न र दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न समस्या भएको छ ।

तपाईको प्रतिक्रिया