चीनमा सिसाको पुल, पर्यटक लोभ्याउने तरिका

एजेन्सी–साउन चीनमा अहिले सिसाको पुल बनाउने होडबाजी नै चलेको छ ।   पछिल्लो समय आर्थिक तथा पुर्वाधार विकासका क्षेत्रमा गतिशिल फड्को मारेको चीनले अग्लाअग्ला पहाडमा सिसाको पुल बनाइरहेको छ ।
sisa pool 1पर्यटकलाई आकर्षित गरी आयआर्जन बढाउने उद्देश्य सहित चीनले हुनान प्रान्तको जाङगजियाजी नेसनल फरेस्ट पार्कमा कइलिङ्ग ड्रेगन पाथको एक भागमा यस्तै सिसाको पुल बनाउने अभियान सुरु गरेको छ । यस अघि नै तियानमन माउन्टेनको अग्गो चट्टान जोडेर सिसाको पुल बनाइएको छ । पुलको लम्बाई एक सय मिटर छ । उक्त पुलमा ९९ घुम्ती छन् । उचाई तथा गहिराईसाग नडराउनेका लागि यो एक आकर्षक गन्तव्य बन्ने अपेक्षा निर्माण पक्षको छ । त्यहा पुग्ने पर्यटकहरु रमाउँदै तस्विर कैद गर्न व्यस्त देखिने गरेका छन् । यसले पनि चीनिया यो अभियानलाई पर्यटक लोभ्याउने नयाँ तरिका मान्न सकिन्छ ।

sisa pool chinaजोखिम लाग्ने पुलमा पुग्दा मुटु ढक्क–ढक गर्दै फुल्ने गरेपनि दृश्यावलोकनका लागि यस्ता पुल आकर्षक गन्तव्य बन्ने संकेत देखिएको छ । चीनले यस अघि नै जाङगजियानी नेसनल फरेस्ट पार्कमै पर्यटकका लागि चार सय ३० मिटर उचाई भएको पुल सञ्चालनमा ल्याएको थियो । तीन सय मिटरभन्दा गहिरो घााटी गरेको सिसाको पुल विश्वको सबैभन्दा लामो पुल पनि हो ।
sisa poolउचाइमा रहेको उक्त पुल देख्दै पर्यटक डराएपछि त्यहााका अधिकारीहरुले मानिसले भरिएको एउटा गाडी पुलमा गुडाएर देखाएका थिए । उनीहरुले पुल जोखिम रहित रहेको देखाउन हम्मर तथा हतौडाले हानेर बलियो सिसाबाट पुल बनाइएको भन्दै परीक्षण गरेर देखाएका थिए ।

तपाईको प्रतिक्रिया