रसुवामा दुध उत्पादन घट्यो

रसुवा–साउन २९ । मुलुककै सबैभन्दा पुरानो रसुवास्थित लाङटाङ चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ । दुध उत्पादन घटेपछि लाङटाङ चिज उत्पादन केन्द्र बन्द हुने अवस्थामा पुगेको हो । चौंरीको दुधबाट चिज लगायतकाMilk1 दुग्धजन्य सामाग्री उत्पादन गरि विदेश निर्यात गर्ने लक्ष्यले सन २००९ सालमा स्थापना भएको लाङटाङ चिज उद्योगको उत्पादन क्षमता दैनिक १० हजार किलो भएपनि अहिले एक हजार किलो पनि उत्पादन गर्न नसकिएको उद्योगका प्रमुख ग्याल्बो तामाङले बताउनुभयो ।

चौंरी गाई पालिने हिमाली जिल्ला रसुवाको माथिल्लो क्षेत्रमा भूकम्पले क्षति पुर्‍याएपछि किसानहरु अन्य पेशातर्फ लाग्दा दुध उत्पादनमा गिरावट आएको हो । जिल्ला पशु सेवा कार्यालयले उन्नत जातका चौंरी राहत तथा अनुदानमा वितरण गरे दुग्ध उत्पादन फष्टाउन सहयोग पुग्ने किसानहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया