कास्कीका विद्युत् परियोजना प्रभावित

कास्की–साउन १९ । बाढीपहिरोबाट कास्कीका लघु जलविद्युत् परियोजनाहरूमा क्षति पुग्दा विद्युत् उत्पादनमा असर देखापरेको छ । कास्कीको सिक्लेस, सावेत, उल्लेरीलगायत लघुजलविद्युत परियोजनामा बाढीपहिरोका कारण अवरोध पुगेको हो ।

क्षति पुगेका केही लघु जलविद्युत परियोजनाका विद्युत् उत्पादन गृहहरू पुन: संचालनमा ल्याइए पनि केहीको मर्मत कार्य जारी रहेको बताइएको छ । बाढीपहिरोले परियोजनाका भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै निर्माण सामाग्री र औजारहरू बगाएको छ । कास्कीका प्रत्येक परियोजनाबाट ४० किलोवाट भन्दा बढी विद्युत् उत्पादन हुँदैआएको छ ।

तपाईको प्रतिक्रिया