कालीगण्डकी ‘ए’ उच्च जोखिममा

स्याङ्जा–साउन १३ । नेपालको सबै भन्दा ठुलो विद्युत उत्पादन कालीगण्डकी‘ए’ परियोजनाको ड्याम पहिरोको जोखिममा परेको छ ।

kaligandagi Aविद्युत गृहको ड्याममा पुग्ने सडक पहिरोले भत्काएपछि आवातजावतमा समेत समस्या हुदै आएको छ । विगत दुई बर्षदेखि पहिरोको जोखिम मोल्दै आएको विद्युत गृहको ड्याम साइडको मर्मतका लागि खासै चासो नदिदा समस्या थपिदै गएको स्थानीयको भनाई छ । पहिरो रोक्न परियोजनाले वालुवा र माटोले पुर्ने काम मात्रै गर्दा ड्याममाथि मिर्मि गाँउका वासिन्दाले सधै त्रासमा बस्नुपरेको बताएका छन् । यता, कालीगण्डकी परियोजनाले पनि ड्यामआसपासमा पहिरो जान थालेको स्विकारेको छ ।

kaligandagi A1बर्षादको समयमा कालीगण्डकी बढेर ९० डिग्रिको रेञ्जमा बहाव आउदा जमिन कटान गरेका कारण पहिरो जान थालेपछि पहिरो गएको ठाउँमा रातो माटो, प्लाष्टिक लगायतका सामाग्रीले रोकथाम गरिएको छ ।

तपाईको प्रतिक्रिया