काठमाडौं–साउन ७ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सहयोगमा स्याङजाको तीन गाँउमा स्वच्छ प्रविधि मार्फत खानेपानी तथा सिंचाईको व्यवस्था गरिएको छ ।
एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रमबाट स्याङजाको एलादी, र ठुलादी गाउँका ७५ घरपरिवार लाभान्वित भएका छन् । स्थानियले थोपा सिंचाई योजना मार्फत तरकारी खेतीबाट थप आय आर्जन गर्न समेत सफल भएका छन् । पानी तान्नका लागि तिनओटै गाउँमा हाईड्रोलिक र्याम पम्प जडान गरि पानी संकलन गरि वितरण गर्ने व्यवस्था मिलाईएको छ । यसअघि स्थानियलाई पानीका लागि घण्टौं धाउनुपर्ने बाध्यता थियो । थोपा सिंचाई आयोजना मार्फत कृषकहरुको तरकारी खेतीसंगै घरायसी प्रयोगका लागि पनि सहज भएको छ ।
एनसेलले अन्र्तराष्ट्रिय गैर सरकारी संस्था रिन्युएबल वल्र्डसंगको साझेदारीमा वाटर फर एग्रिकल्चर लाइभलिहुड प्रोजेक्ट अन्र्तगत यो कार्यक्रम शुरु गरेको हो ।