संसद् बैठक– बजेट आश्रित तीन विधेयक अस्वीकृत

काठमाडौं–साउन ७ । व्यवस्थापिका संसद्को बहुमतबाट बजेटसँग सम्बन्धित तीन विधेयक अस्वीकृत भएको छ ।Samsad-bhawan-1

आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक ९२१औं संशोधन० संसदको बहुमतबाट अस्वीकृत भएको हो । सरकार छाडेर अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा माओवादी केन्द्र विपक्षमा उभिएपछि बजेट आश्रित विधेयक अस्वीकृत भएको हो । विनियोजन विधेयक पास भइसकेको अवस्थामा तीन विधेयक अस्वीकृत भएको यो पहिलो पटक हो ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयकको पक्षमा रहेका दल अहिले त्यसको विरोधमा पुग्नु आश्चर्यजनक भएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया