तीन बर्षसम्म आर्थिक विवरण नबुझाएपछि २० दल खारेज हुँदै

nepal-election-commission1काठमाडौं–असार २७ । निर्वाचन आयोगले तीन आर्थिक बर्षसम्म आय–व्यय विवरण नबुझाएपछि २० वटा दलको दर्ता खारेज प्रक्रिया अघि बढाएको छ । खारेजीको प्रक्रियामा तानिएका दलहरुमा ८ वटा पुराना र १२ वटा २०७० को निर्वाचन प्रयोजनका लागि दर्ता भएका नयाँ दल परेका छन् ।

पुराना दल मधेसी जनअधिकर फोरम (गणतान्त्रिक), राष्ट्रिय जनता दल नेपाल, मधेसी जनअधिकार फोरम मधेस, नेपाल युवा किसान पार्टी लगायतका दल तीन बर्षसम्म आर्थिक विवरण नबुझाएपछि खारेज हुँन लागेका हुन् । यस्तै, नव नेपाल निर्माण पार्टी, नेपाल रिपब्लिक पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाल जनएकता पार्टी, समाजवादी जनएकता पार्टी नेपाल, नव जनवादी मोर्चा, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, बहुजातीय समावेसी पार्टी, तराई–मधेस पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ऊासेना नेपाल लगायत पनि खारेजी प्रक्रियमा तानिएका छन् । दुई आर्थिक बर्षसम्म आयव्यय विवरण नबुझाउने ३७ वटा दलहरुलाई आयोगले स्पष्टिकरण सोधेको छ ।
आयोगले यी दलहरुलाई निर्वाचन ऐन २०६३ को दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम कारबाही प्रक्रिया अघि बढाएको हो । ऐनले तीन बर्षसम्म प्रचलित कानुनबमोजिम आयोगलाई बुझाउनु पर्ने विवरण नबुझाएका राजनीतिक दल खारेज गर्नेसम्मको अधिकार आयोगलाई दिएको छ ।

तपाईको प्रतिक्रिया