एजेन्सी–असार । अमेरिकाको डल्लासमा भएको प्रदर्शनको क्रममा बन्दुकधारीले चलाएको गोली लागेर पाँच जना प्रहरी मारिएका छन् ।
प्रहरीले दुई जना काला नागरिकमाथि गोली प्रहार गरेपछि सुरु भएको प्रदर्शनमा प्रदर्शनकारीको गोली प्रहारबाट पाँच जना प्रहरी मारिएका हुन् । विरोध प्रदर्शनमा अचानक गोली चलेपछि केहि समय भागदौड नै मच्चिएको थियो । प्रहरीले एक जना संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको र एक जनाले आत्मसमर्पण गरेको जनाएको छ । गोली लागेर केही प्रहरी घाइते भएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
मिनेसोटामा फिलान्डो क्यास्टिल र जुइजियानका बैटन रुजमा आल्ट स्टर्लिगको प्रहरीको गोलीबाट मृत्यु भएपछि यसविरुद्ध प्रदर्शन चर्किएको थियो । राष्ट्रपति बाराक ओबामाले प्रहरीको गोलीबाट काला नागरिकको मृत्यु भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै सत्यतथ्य छानविन गर्दै पीडितलाई न्याय दिने बताउनुभएको छ ।