संखुवासभाका एक विरामीले पाए सांसद खड्काबाट जीवनदान

काठमाडौं–असार  । विद्युतको हाइटेन्सन लाईनबाट करेण्ट लागि गम्भिर घाईते भएका मिन बहादुर बराइलीले सांसद दिपक खड्काको सहयोगमा नयाँ जिवन पाएका छन्  ।

उपचाररत बराइली र साथमा सांसद दिपक खडका
उपचाररत बराइली र साथमा सांसद दिपक खडका

गत साता संखुवासभा जिल्ला चैनपुरमा करेण्ट लागेका बराइलीको जिल्लामा उचित उपचार संभव नभएपछि सांसद खड्काले हवाई जहाजबाट काठमाण्डौ ल्याई उपचारको व्यवस्था मिलाउनु भएको हो । बराईलीको काठमाण्डौंको किर्तिपुरस्थित किर्तिपुर वर्न हस्पिटलको आईसीयूमा उपचार भईरहेको छ । सांसद खड्काको कोमल दिलबाट जिवनमरणको दोसाँधमा रहेका बराईलीले नयाँ जीवन पाएका छन् ।

बराईलीका लागि रक्तदान गर्दै सांसद खड्का
बराईलीका लागि रक्तदान गर्दै सांसद खड्का

उपचारका लागि आवश्यक पर्ने रगतको ग्रुप तत्काल उपलब्ध नहुँदा स्वयं सांसद खड्का आफैले रक्तदान गरेर जिवनदान दिनुभएको छ । सांसद खड्काले आफ्नै जिल्लाका व्यक्तिलाई सहयोग गर्न पाउँदा आफुलाई आत्मसम्मान मिलेको भन्दै आपतका बेला जो कोहिलाई पनि मानविय सेवा गर्न तयार रहने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया