भूकम्प प्रभावित विद्यार्थीलाई पोशाक

मकवानपुर–जेठ २७ । मकवानपुरगढी–५ देविडाँडामा रहेको भुकम्प प्रभावित एक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

vlcsnap-2016-06-09-21h00m30s783सरस्वति निमाविका विद्यार्थीलाई त्यस क्षेत्रका सांसद र गैरसरकारी संस्थाको पहलमा विद्यालय पोशाक वितरण गरिएको हो । विद्यालयका भुकम्प प्रभावित, विपन्न र एकल आश्रित विद्यार्थीलाई मकवानपुर क्षेत्र नम्बर १ का सांसद इन्द्रबहादुर बानियाँ, प्लान नेपाल मकवानपुर र बालकल्याण समाज मकवानपुरको संयुक्त पहलमा पोशाक र शैक्षिक सामग्री वितरण गरिएको हो ।vlcsnap-2016-06-09-20h59m18s884

विद्यालयको आग्रहपछि सांसद बानियाँले आप्mनो तलव भत्ताबाट एक सय जना विद्यार्थीलाई र प्लान नेपाल एवं बालकल्याण समाजको समन्वयमा ५८ जना विद्यार्थीलाई पोशाक उपलव्ध भएको विद्यालयका अध्यक्ष गोविन्द शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया