एजेन्सी–जेठ २७ । मिनी विश्वकपको रुपमा परिचित युरो कप शुक्रबार राति फ्रान्समा भव्य कार्यक्रमसहित उद्घाटन हुनेभएको छ ।
युरो कपको १५ औं संस्करण शुक्रबारबाट सुरु हुन लागेको हो । शुक्रबार राति हुने उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियासंग प्रतिस्पर्धा गर्दैछ । २४ राष्ट्र सहभागी हुन लागेको यो संस्करणमा आयोजक फ्रान्ससहित, जर्मनी, स्पेन, इटाली, इंग्ल्याण्ड, पोर्चुगल, बेल्जियम, रोमानिया र स्वीजरल्याण्ड रहेका छन् । रसिया, युक्रेन, पोल्याण्ड, टर्की, क्रोएसिया, रिपब्लिक अफ आयरल्याण्ड, चेक रिपब्लिक, अष्ट्रिया, स्वीडेन र हंगेरी सहभागी छन् । त्यस्तै, प्रतियोगितामा अल्बानिया, आइस्ल्याण्ड, उत्तरी आयरल्याण्ड, स्लोभाकिया र वोल्सले पहिलो पटक सहभागिता जनाउने भएका छन् ।
एक महिनासम्म चल्ने युरो कप फ्रान्सका १० स्थानमा सञ्चालन हुनेछन् । करिब २० लाख खेल हेर्नैका लागि बाहिरबाट आउने अनुमान गरिएको छ । अप्रिय घटना हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाएको फ्रान्सले ९० हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।