गुगलले डाँफेलाई आफ्नो लोगोमा राखेर नेपाली गणतन्त्र दिवसप्रति गर्यो सम्मान

काठमाडौं–जेठ १५ । विश्वको चर्चित सर्च इन्जिन गुगलले नेपालको राष्ट्रिय पंक्षी डाँफेलाई आफ्नो लोगोमा राखेर नेपालको गणतन्त्र दिवसप्रति सम्मान प्रकट गरेको छ ।

googleगुगलले विशेष अवसरहरुमा यसरी विभिन्न देशका सम्पदा, व्यक्ति र संस्कृतिहरु समावेश गरेर सम्मान दर्शाउदै आएको छ । यसपटक गुगलले नेपालको राष्ट्रिय पंक्षी डाँफेलाई आफ्नो लोगोमा समावेश गरेर नेपालले मनाएको नवौं गणन्त्र दिवसको सम्मान सहित नेपालीहरुको सम्मान गरेको हो ।

गुगलले डाँफेको तस्वीरसँगै गणतन्त्र दिवसको शुभकामनासमेत दिएको छ। डाँफेसँगै गुगलले डाँफेको विशेषता र परिचय सहित डाँफेको रंगले नेपाललाई सौन्दर्यसँग जोड्ने कोशिस गरेको छ । गुगलले डाँफेसँगै नेपालको परिचयमा गणतन्त्रलाई ठुलो क्रान्तिपछि नेपालले पाएको सफलता भनेको छ ।
गुगलले लेखेको छ–

Happy Republic Day, Nepal!

Today’s doodle shows Nepal’s national bird, the Danphe, or the Himalayan Monal. The male pheasant is brilliantly plumed with iridescent colors highlighting the beauty of Nepal. The female, a mild brown, represents its constancy and warmth. Similarly, Nepal is a nation of vibrancy and contrast, counting among its features both the world’s highest and most unforgiving peak and the well-preserved and magical temples and shrines of Kathmandu.

The landscape is an appropriate metaphor for the history of a nation in which, despite great upheaval, peace prevails. We hope today’s doodle by Alyssa Winans brings pride and joy to the people of Nepal.

तपाईको प्रतिक्रिया