आन्दोलन थालको चार बर्ष वित्यो तर माग पूरा भएनन्

काठमाडौं–जेठ १४ । आन्दोलन थालको चार बर्ष वित्यो । केही रहेको कालो कलाप पनि सेताम्य बन्यो । मुखमा बचेखुचेका केही दातहरु पनि झरे, ठमडम हिड्ने शरिर लौरोको साहारमा चल्न थालको छ ।

यो दु:खेसो आन्दोलनमा होमिएका यी वृद्ध–वृद्धाको हो । उमेर ढल्यो होला तर पनि उनिहरुको आन्दोलन नत गल्यो नत सरकारले नै सुन्यो । शरीर गलेपनि अझै थाकेका छैनन् उनीहरु,  अधिकार लिनका यसरी आन्दोलनमा होमिएJestha Nagarikकै छन् ।  २०६९ साल फागुन २४ मा आन्दोलन शुरु भएको ज्येष्ठ नागरिकको आन्दोलनलाई सम्वाधन गर्न सरकारका प्रतिनिधि र नेता पनि त्यहाा पुगे, विभिन्न आश्वासन दिए ।  तर प्रतिवद्धता पूरा भएन, अहिले उनिहरु नेता भनेकै झुटा हुँदा रहेछन् भन्न थालेका छन् । ऐन अनुसार ६० वर्ष पुगेका सबै नेपाली नागरिकलाई जेष्ठ नागरिक मानिन्छ । उनीहरुलाई राज्यका तर्फबाट वृद्ध भत्ता र सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचारको व्यवस्था भए पनि त्यो पर्याप्त नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले निजी संस्थामा ५० प्रतिशत छुटसहित उपचार दिइनुपर्ने, भक्ता बढाएर ३ हजार पुर्‍याउनुपर्ने लगायतका माग रहेका छन् । आन्दोलनकै क्रममा १६ जना ज्येष्ठ नागरिकले ज्यान गुमाइसकेका छन् ।

तर सरकारले बुद्ध भनेर नै माग पूरा नगरेको उनिहरुको गुनासो छ । ज्येष्ठ नागरिक हाम्रा ज्ञान र अनुभवका भण्डार पनि हुन् । उनीहरुलाई व्यक्ति, समाजले मात्र होइन राष्ट्रले पनि सम्मान गर्नुपर्छ र उनीहरुका जायज मागको तत्काल सम्वोधन गर्न सरकारको ध्यान जानु जरुरी छ ।

तपाईको प्रतिक्रिया