संघीय गठबन्धनको नाममा पत्र नआएसम्म वार्तामा नबस्ने मधेशवादी दलहरूको निर्णय

काठमाडौं–जेठ १४ । आन्दोलनरत संघीय गठबन्धनले आफनो नाममा औपचारिक पत्र नआएसम्म सरकारसंग वार्तामा नबस्ने निणर्य गरेको छ ।संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा आज बिहान बसेको संघीय गठवन्धन सचिवालयको बैठकले वार्ताका लागि सरकारले कुनै पत्र नपठाएको भन्दै वार्तामा नजाने बताएको हो । सरकारले वार्ताका लागि औचारिक पत्र पठाएपछि मात्रै यसवारे सार्वजनिक धारणा ल्याउने गठवन्धनले जनाएको छ । गठवन्धनले पहिलो चरणको आन्दोलन सकिएपछि जारी आन्दोलनलाई दीर्घकालीन रुप दिन थप परिमार्जन सहितका आन्दोलनका कार्यक्रम सार्जजनिक गर्ने जनाएको छ । बैठकले केही कमीकमजोरीका वावजुद पहिलो चरणको आन्दोलन सफल भएको र आन्दोलनले मधेशी र पहाडी समुदायलाई एकतामा बाँधेको ठहर गरेको छ । गठबन्धनले आगामी १७ गते पोखरामा गर्ने बृहत आमसभासंगै पहिलो चरणको आन्दोलन सम्पन्न गरी उक्त सभावाटै रिले अनसन लगायतका आन्दोलनका अन्य कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया