ओली सरकार केही दिनमै ढल्छ : कांग्रेस महामन्त्री कोइराला

sashank-koiralaसल्यान–जेठ ६ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले ओली सरकारको दिनगन्ति सुरु भएको दावी गर्नु भएको छ । बिहीबार नेपाली कांग्रेस सल्यानले खलंगामा आयोजना गरेको कार्यकर्ता भेला तथा अभिनन्दन कार्यक्रममा कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएका कारण धेरैदिन टिक्न नसक्ने बताउनुभएको हो ।

ओली सरकार अर्काले ढाल्ने नभई आफ्नै कारणले ढल्ने दाबी उहाँको थियो । जनजिविकाको कुरा, पूूर्णनिमार्ण, कालाबजारी, भ्रष्टचार मधेशी आन्दोललाई समाधान गर्न नसक्ने सरकार तत्काल विस्थापन हनुपर्ने जिकिर गर्नुभएको थियो । ओली सरकार ढलेपछि बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसको हुने उहाँको दाबी थियो ।

कार्यक्रममा उहाँले नेपाली कांग्रेसको सिद्धान्त एकातिर र व्यवहार अर्को तिर गइरहेको भन्दै कृयाशिल पार्टी सदस्यताको वर्गिकरण अनिवार्य रुपमा गरे शिद्धान्त निष्ट र बैचारिक रुपमा सबल पार्टी बनाउनुपर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया