मे ३० को मध्यपूर्वी क्षेत्रिय सम्मेलन स्थगित

एजेन्सी– जेठ । इजरायल तथा प्यालेस्टिनी शान्ति प्रक्रियाका लागि भन्दै आगामी मे ३० मा हुँने गरि तय भएको मध्यपूर्वी क्षेत्रिय सम्मेलन स्थगित गरिएको छ ।
मङ्गलबार एक कार्यक्रमकाबीच फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले मध्यपूर्वी क्षेत्रिय सम्मेलन स्थगित भएको जानकारी गराउनुभएको हो । अलान्दले कार्यब्यस्तताका कारण अमेरिकी विदेशमन्त्री जोन केरी सम्मेलनमा उपस्थित हुन नसक्ने सूचना आएपछि स्थगित गर्नुपरेको र यही गृष्म ऋतुमा हुनेगरि सम्मेलन तय गरिने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मध्यपूर्वी दुई देश इजरायल तथा प्यालेस्टाइनको द्धन्द्ध समाधानका लागी यो सम्मेलन गर्न लागिएको थियो ।
सन् २०१५ को अक्टोबरमा प्यालेस्टाइन तथा इजरायलबीच पुनःअशान्ति बढेपछि वेस्ट बैंक, पूर्वीजेरुसलामलगायतका ठाउँमा २०४ प्यालेस्टिनी र ३८ इजरायलीले ज्यान गुमाएको तथ्यांक युनिसेफले सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया