अब राजनीतिक अस्थिरताको अन्त्य हुनुपर्छ : नेपाल

madavकाठमाडौं–बैशाख २४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताको लुछाचुँडी र राजनीतिक अस्थिरताको अन्त्य गर्दै राष्ट्रिय विकासमा दलहरु लाग्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार भएको बीपी चिन्तन प्रतिष्ठानको दोस्रो राष्ट्रिय सम्मेलनमा वरिष्ठ नेता नेपालले सरकार बनाउने–ढाल्ने र राजनीतिक अस्थिरताका कारण मुलुकमा विकास हुन नसकेको बताउनुभएको हो । उहाँले हरेक क्षेत्रमा भइरहेको राजनीतिकरणलाई अन्त्य गर्दै समृद्ध नेपाल बनाउने अभियानमा सिंगो राष्ट्र एकाकार हुनुपर्ने धारण राख्नुभएको थियो ।

एमाले वरिष्ठ नेता नेपालले राजनीतिलाई स्वच्छ र पारदर्शी बनाउन योग्य तथा सक्षम व्यक्तिलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिनुभयो । बीपी कोइरालाले देखाएको पथमा हिड्न सकिए मात्र उहाँप्रतिको सच्चा सम्मान हुने धारण नेता नेपालको थियो ।

तपाईको प्रतिक्रिया