आगलागी पीडितले जस्ता पाता पाउने

काठमाडौ–बैशाख २० । मन्त्री परिषद्को आजको बैठकले आगलागी पीडितलाई घर निर्माण गर्नका लागि जस्ता पाता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान बसेको मन्त्रिपरिषद्को बैठकले गत मंसिर १ गतेदेखि जेठ मसान्तसम्म आगलागीबाट पूर्ण रुपमा घर क्षति भएका परिवारलाई २६ गेजको २ बण्डल जस्तापाता उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत उपलब्ध गराईने जस्ता पाताका लागि तत्काल अर्थमन्त्रालयबाट बजेट निकासा गरेर गृहमन्त्रालयलाई दिने निर्णय गरेको छ । आगलागीवाट अहिलेसम्म एक हजार चार सय २ घर पूर्ण रुपमा नष्ट भएको सरकारी तथ्याङ्क छ । बैठकले मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डाक्टर पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया