नुहाँउने क्रममा डुबेर २ किशोरीको मृत्यु

बैतडी–वैशाख १६। बैतडीको कटौजपानी–९ भौलेली गाउँका दुई किशोरीको खोलामा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार नुहाउन गएका स्थानीय दुई किशोरीहरुको बुधबार साँझ डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा कटौजपानी –९ की १५ वर्षीया माधवी जोशी र १५ वर्षीया राधिका जोशी रहेका छन् । मृतक द्धय स्थानीय रौलेश्वर माविका विद्यार्थी समेत हुन् ।
कटौजपानी–९ पाटागाउँमा बुधबार दिउँसो खोलामा नुहाउन गएका किशोरी हराएपछि खोजी गर्ने क्रममा साँझ मृत अवस्थामा भेटिएका थिए । जिल्ला अस्पताल बैतडीमा शवपरीक्षण गरि आवश्यक काजकिरिया गरिने परिवारका सदस्यले जनाएका छन् ।

तपाईको प्रतिक्रिया