देशलाई समृद्ध बनाउन शिक्षा सुधार आवश्यक : सिंह

vlcsnap-2016-04-27-19h52m37s047काठमाडौं–बैशाख १५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रको पूर्वाधार विकास र गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या उच्च मावि परिसरमा निर्माण हुन लागेको मंगलादेवी सिंह मेमोरियल कन्या छात्राबास शिलान्यास कार्यक्रममा बोल्दै नेता सिंहले शिक्षा क्षेत्रको पूर्वाधार विकास र गुणस्तर सुधारमा ध्यान दिए मात्र देशको आर्थिक सुधार संभव हुने बताउनुभएको हो । उहाँले राजनीतिलाई विकास र समृद्धिसग जोड्नुपर्ने भन्दै देश र जनताको पक्षमा काम गर्न सबै एक जुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा भारतीय राजदूत रणजित रेले नेपाल–भारत सम्बन्ध एक अर्काको परिपूरकका रूपमा रहेको भन्दै नेपालको शिक्षा, स्वास्थ्य र विकासमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभएको थियो । vlcsnap-2016-04-27-19h52m02s629

तीन करोड ७० लाख भारतीय सहयोग तथा जिल्ला विकास समिति काठमाडौंबाट निर्माण हुन लागेको छात्रावासको निर्माण १५ महिनामा पूरा गर्ने लक्ष्य जिविसको रहेको छ । छात्राबासको नेता सिंह र राजदूत रेले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया