देशभरको तापक्रममा बृद्धि

काठमाडौं–बैशाख ११ । अहिले राजधानी लगायत देशभरको तापक्रम अत्याधिकरुपमा बढेको छ । केहि दिनयता राजधानीको तापक्रम उच्चतम ३३ डिग्री सेल्सियस सम्म पुगेको छ । त्यस्तै तराईका केही स्थानहरु नेपालगञ्ज, विराटनगर, बुटवल लगायतमा तापक्रम बढेर ४३ डिग्री सेल्सियससम्म पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गर्मी बढेसगै तराईको जनजीवन कष्टकर बन्न थालेको छ । मानिसमा गर्मीका कारण ज्वरो, झाडापखला, टाउको दुख्ने जस्ता समस्या देखिन थालेका छन् । केहि समय देखि पानी पर्न सकेको छैन । धुलो धुवा र तापक्रमले गर्दा झनै समस्या देखिने गरेको छ ।  अहिले भएको तापक्रम पानी परेपछि केहि घट्ने विद्ले बताएका छन् । राजधानीको तापक्रम सवैभन्दाबढी ३६ डिग्री सेल्सियससम्म पुगेको छ । राजधानीबासी यसरी प्रचण्ड गर्मीले आहत भईरहेका छन । गर्मी निकै बढेपछि सडकमा हिडेकाराजधानीबासी अहिले छाता,आइसक्रिम र चिसो पेय पदार्थको सहारा लिन थालेका छन ।

तपाईको प्रतिक्रिया