जनतालाई दुख नदिन पूर्व सभामुख नेम्वाङको आग्रह :

Subasकाठमाडौ – बैशाख १ । पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुम्वास नेम्वाङले मधेशवादी दलहरूलाई आन्दोलनका नाममा जनतालाई दुख नदिन आग्रह गर्नुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा पूर्व सभामुख नेम्वाङले मधेशवादी दलहरूले प्रधानमन्त्रीको चुनावमा भाग लिएदेखि नै संविधान स्वीकारी सकेको बताउँदै अब आन्दोलन गर्नुपर्ने औचित्य नरहेको बताउनुभयो । नेम्वाङले नेपाल संविधान विश्वकै उत्कृष्ट रहेको दावि गर्दै देखिएका समस्या वार्ताबाटै समाधान हुने बाउनुभयो । पूर्व सभामुख नेम्वाङले देखिएका केही समस्या तत्कालै समाधान गरेर संविधानको कार्यान्वयनतर्फ लाग्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया