फोहर व्यवस्थापन गर्न मासु प्याकिङमै ल्याउने तयारी

काठमाडौ–भदौ २३ ।  काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहर थप व्यवस्थापनका लागि प्याकेटमै मासु आयात गर्ने भएको छ । कामनपाले मासुजन्य जनावरबाट निस्कने फोहर imagesआयात गरिने जिल्लामा नै व्यवस्थापन गरी खानयोग्य मासु मात्र प्याकिङ गरी ल्याउने तयारी गरेको बताएको छ । महानगर पालिकाकाअनुसार जिल्लाबाट मासु आयात गरिन्छ सोही स्थानमा मासुजन्य वस्तुबाट निष्कने दिसा, हड्डी, छाला, रौालगायतका फोहरको व्यवस्थापन गरी ल्याइन लागिएको हो । हेटौंडा, वीरगन्ज, बारा, चितवन, धादिङ, नुवाकोट लगायतका ठाउँबाट काठमाडौंमा मासु आयात हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया