शीर्ष तहबाटै नेपाल–भारत समस्या समाधान हुनुपर्छ : नेपाल

काठमाडौं–चैत २१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल–भारतबीच देखिएको समस्या शीर्ष राजनीतिक तहबाटै समाधान गर्नुपर्ने धारणा राख्नुभएको छ  । काठमाडौंमा आइतबार भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले पछिल्लोmadhav_nepal_copy6 समय दुई देशबीच देखिएको असमmभदारीलाई राजनीतिक नेतृत्वबाटै समाधान गर्नुपर्ने बताउनुभएको हो । नेपालको संविधानको विषयमा भारतले विभिन्न अन्तर्राष्ट्रिय फोरममा आवाज उठाइरहेको भन्दै उहाँले सडक बहसभन्दा उच्चस्तरीय राजनीतिक तहबाटै समस्या समाधानमा लाग्न सरकारलाई सुझाव पनि दिनुभयो । नेता नेपालले नेपालको उर्जा विकासका लागि प्रधानमन्त्रीको मातहतमा अधिकार दिइएको समिति गठन गर्नुपर्ने पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया