मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

काठमाडौ–चैत २१ । तीनजना सवार रहेको बा ३० प ४५५० नम्बरको मोटरसाइकल स्वयम्भूमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अर्का एक घाइते छन् । उक्त मोटरसाइकल अनियन्त्रित भई सडकपेटीमा ठोक्किँदा गम्भीर घाइते भएका चालक कलंकीका २८ वर्षीय शैलेन्द्र रिसाल र मोटरसाइकलको पछाडि बसेका सोनु रिसालको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अनिस रिसालको वीर अस्पतालमा उपचार प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया