बालगृहमा हुँदैछ धर्म प्रचार, रोक्ने कस्ले ?

चितवन, १९ चैत । चितवन जिल्लामा सञ्चालित अधिकांश बालगृहका बालबालिकालाई क्रिश्चियन धर्म सिकाउने गरेको पाइएको छ । जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालय चितवनले गरेको अनुगमनका क्रममा जबरजस्ती धर्म परिवर्तन गर्ने गराइएको तथ्य बाहिर आएको हो ।
अनुगमनमा सहभागी महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ताकुमारी पौडेलले अधिकांश बालगृहले क्रिश्चियन धर्मको ज्ञान बालबालिकालाई सिकाउने गरिएको बताउनुभयो । उहाँका अनुसार ती बालगृहमा खानाखानु अघि र खाना खाइसकेपछि यशुको प्रार्थना गर्न लगाइन्छ । यशुको प्रार्थनापछि प्रसादको रुपमा खानालाई दिने teacher-and-student-black-and-white-clipart-1गरेको र बालबालिकालाई सोही धर्मका विषयमा पढाउने गरेको बताइएको छ ।
चितवनमा ३१ वटा बालगृह सञ्चालनमा छन् । जहाँ ५२१ बालक र ५२५ बालिका गरी एक हजार ४६ जना बालबालिका रहेका छन् । यस वर्षको तथ्याङ्क भने आउन बाँकी रहेको प्रमुख पौडेलले बताउँछन । सबैभन्दा बढी भरतपुर उपमहानगरपालिकामा १६ वटा बालगृह छन् भने रत्ननगर नगरपालिकामा १० वटा, नारायणी नगरपालिकामा तीनवटा, राप्ती नगरपालिकामा एउटा र खैरहनी नगरपालिकामा एउटा रहेका छन् । तिनीहरूमध्ये ९० प्रतिशत बालगृहमा क्रिश्चियन धर्मको प्रचार हुने गरेको बताइएको छ ।
दाताले आफ्नो स्वार्थपूर्तिका लागि रकम दिने गरेका कारण उनीहरुको सुझाब, सल्लाह बमोजिम भनेबमोजिम धर्मको बारेमा अध्ययन गराइएको बताएका छन् । सरकारले सहयोग गर्न नसक्दा अनाथ र गरिब बालबालिकालाई धर्म प्रचारको माध्यम बन्न बाध्य पारिएको पाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह बालबालिकालाई कुनै पनि धर्मको जबरजस्ती अध्ययन गराउन नपाइने बताउनुभयो । जबरजस्ती धर्म परिवर्तन गराउनु कानुनले दण्डनीय मानेको छ ।

तपाईको प्रतिक्रिया