सञ्चार उद्यमी सिंघानिया हत्याका योजनाकार पक्राऊ

धनुषा,१७ चैत । सञ्चार उद्यमी अरुण सिंघानीयाको हत्याको योजना बनाउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । सिंघानीयाको हत्या अभियोग लागेका चन्द्रदीप यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले वकील टोलबाट पक्राउ गरेको हो । उनीसँगै यादवकी प्रेमिका कल्याणी देवी यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यादवले भारतको जयनगरमा बसेर नेपालमा अपराधिक गतिविधि चलाउँदै आएको प्रहरीको दाबी छ । यादव जनकपुर बम विस्फोटका योजनाकार सञ्जय टक्लाका निकट मानिन्छन् । टक्ला हाल डिल्लीबजार कारागारमा छन् ।यादव माथि माघ २२ मा धनुषामा राजेन्द्र प्रसादको हत्या गरेको र धनुषामै नसिद मियाँ र राम सोघारत महतोलाई गोली हानेको आरोपसमेत छ ।
जनकपुर टुडेका प्रकाशक सिंघानीयाको ०६७ फागुनमा जनकपुरको शिव चोकमा गोली हानी हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया