संस्कृति जोगाउन सबै लाग्नुपर्छ : प्रचण्ड

काठमाडौं–चैत, ७ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मौलिक संस्कृति र परम्परा जोगाउन सबैले चासो दिनुपर्ने बताउनुभएको छ । काठमाडौमा आज भएको कार्यक्रमा अध्यक्ष दाहालले संस्कृति र परम्पराको जगेर्ना गर्न सबै लाग्नुपर्ने बताउनुभएको हो । उहाँले भौगोलक रूपले नेपाल सानो मुलुक भएपनि बहुजातीय, बहुभाषिक र बहुसंस्कृतिक रूपमा धनी भएको बताउनुभयो । एक समुदाय तथा जातिको परम्परालाई अर्को समुदाय तथा जातिले पनि अनुसरण र सम्मान गरिरहेको भन्दै अध्यक्ष दाहालले यही नै नेपालको विशेषता भएको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया