ढिलो चाडो चीनसँग इन्धन सम्झौता हुन्छ :आपूर्ति मन्त्री

काठमाडौ–चैत ७ । आपूर्तिमन्त्री गणेशमान पुनले चीनसँग सम्झौता गरेर इन्धन व्यापार विविधिकरण गर्ने दाबी गर्नुभएको छ । काठमाडौंमा भएको कार्यक्रममा चीनसँग इन्धन आपूर्ति गर्ने विषयमा एमओयू भइसकेको भन्दै आपूर्तिमन्त्री पुनले जतिसक्दो छिट्टै इन्धन आयातको सम्झौता पनि हुने दाबी गर्नुभएको हो । पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणक्रममा इन्धन सम्झौता हुने नहुने पक्का नभएपनि यथाशक्य छिट्टो प्रक्रिया मिलाएर सम्झौता हुने बताउनुभएको हो । मन्त्री पुनले प्रधानमन्त्री चीन भ्रमणमा बेला दुई देशवीच विभिन्न विषयमा छलफल हुने भएपनि के कुरामा सम्झौता गर्ने विषय टुङ्गो नलागेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया