बर्षेनी नेपाली कामदारको मृत्युदर बढ्दो

फागुन २६ । बर्षेनी नेपालबाट खाडी लगायतका मुलुकमा लाखौं नेपाल कामदारहरू कामका लागि जाने गर्दछन् । स्वदेशमा रोजगारको अवसर नपाउँदा जिविकोपार्जनका लागि यसरी विदेशियका कामदार मध्ये केही कामको जटिलताले होस् या असुरक्षाको कारणले मृत्यु वरण गर्न पुग्छन् । हरेक जसो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कामको लागि विदेशिएका युवाको दुई चार वटा शव आइपुग्छ । पछिल्लो तथ्याङ्कलाई हर्ने हो भनेपनि चालू आर्थिक वर्षको ७ महिनासम्ममा रोजगारीको लागि विदेशिएका नेपाली युवा मध्ये ५ सय ७७ जनाको मृत्यु भएको छ भने ७० नेपाली कामदार अंगभंगभई स्वदेश फर्केका छन् । नेपाल सरकारको वैदेशिक रोजगार प्रवद्धन बोर्डको तथ्याङ यस्तो देखाएको हो ।

तपाईको प्रतिक्रिया