नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित शपथ समारोहमा सर्वोच्च अदालतका कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । पौडेल चौथो कार्यकालका नेपाली कांग्रेसका तर्फबाट गएको २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।